राती आठ बजेपछि मकवानपुर जिल्लामा देउसी, भैलो खेल्न नपाइने

बकैया दर्पण संवाददाता
६ कार्तिक २०७९, आईतवार १५:०४

मकवानपुर । मकवानपुर जिल्लामा राती आठ बजेपछी देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दश वटै स्थानीय तहमा राति ८ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ ।

प्रशासनले देउसी र भैलो खेल्न राति ८ बजेको समयसीमा तोकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले बताउनुभयो । अहिले दिनहुँजसो राजनीतिक गतिबिधी भएकाले पनि राती ८ बजे सम्म मात्र देउसी भैलो खेल्नका लागि आग्रह गरिएको छ । देउसीभैलो दिउसो पनि खेलीने भएकाले रातीको समयमा अली कडाइ गरिएको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने र नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै अधिकार दिएको थियो ।

त्यो अधिकार अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसी र भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो । । प्रशासनको आदेश उल्लंघन गरेमा कानुन अनुसार कारबाही गरिने जनाएको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*