गजल मञ्चको १९६ औँ गजल यात्रा सम्पन्न

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १३:१७

मकवानपुर । गजल मञ्च मकवानपुरले आफनो नियमित शृङ्खला १९६ औँ गजल यात्रा सम्पन्न गरेको छ ।

तिहार तथा छठ पर्वको शुभकामना बिशेष कार्यक्रमका रुपमा भएको कार्यक्रम सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रलेस नेपालका केन्द्रीय सदस्य मसान उपासक, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष बिश्वनाथ सञ्जेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, प्रलेस मकवानपुरका अध्यक्ष श्रिराम अधिकारी, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानू खनाल, मुक्तम मञ्च मकवानपुरका अध्यक्ष डिवि बर्ताैला, सुनिल गौतम, अनिल कोइराला, सुवास सजल, कमल नेपाललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता गजल मञ्च मकवानपुरका अध्यक्ष केशब समर्पणले गर्नुभएको थियो भने सहजीकरण सचिव हरी पौड्यालले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*