मकवानपुरको बकैयामा बालसाहित्य समितिहरू पुनर्गठन

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १०:५४

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २८३ औँ साहित्य शृङ्खलाका सन्दर्भमा शुक्रबार एकैदिन बकैया गाउँपालिकाभित्रका तीनवटा विद्यालयहरूमा बाल साहित्य समितिहरू गठन तथा पुनर्गठन गरेको छ ।

शुक्रबार बालसाहित्य समिति पुनर्गठन भएका विद्यालयहरूमा बकैया–७ भीरकोटस्थित जनक माध्यमिक विद्यालय र बकैया–५ श्रीपुरस्थित प्रभात माध्यामिक विद्यालय रहेका छन् । जनक माविमा गठित नौ सदस्यीय झरना–जनक बालसाहित्य समितिको अध्यक्षमा सचिन थिङ तथा प्रभात माविमा गठित १३ सदस्यीय झरना–प्रभात बालसाहित्य समितिको अध्यक्षमा प्रविना परियार चयन भएका छन् । यसैगरी बकैया–५ स्थित गीतावर आधारभूत विद्यालयमा पहिलोपटक बालसाहित्य समिति गठन गरिएको छ । यस विद्यालयमा गठित नौ सदस्यीय झरना–गीतावर बालसाहित्य समितिको अध्यक्षमा मञ्जरी मोक्तान चयन भएकी छन् ।

जनक माध्यमिक विद्यालयमा भएको पुनर्गठन कार्यक्रममा झरनाका अध्यक्ष विश्वनाथ सन्जेल, गीतावर आधारभूत विद्यालयमा भएको बालसाहित्य समिति गठन कार्यक्रममा झरनाका सचिव मसान उपासक तथा प्रभात माध्यमिक विद्यालयमा भएको पुनर्गठन कार्यक्रममा झरनाका पूर्व अध्यक्ष उद्धव सापकोटा र सहसचिव सन्तराम राई र झरना बाल साहित्य परिचालन समितिका सचिव स्वस्तिका दाहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापकका साथै शिक्षक तथा विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*