महेन्द्र—झरना बाल साहित्य समितिले मनायो लक्ष्मी जयन्ती

बकैया दर्पण संवाददाता
५ कार्तिक २०७९, शनिबार १०:४२

मकवानपुर । बकैया–४ मा रहेको महेन्द्र माविमा रहेको महेन्द्र—झरना बाल साहित्य समितिको आयोजनामा कविता प्रतियोगिता गरेको छ ।

महेन्द्र माविका पिटिए अध्यक्ष बिष्णुहरी महर्जनको प्रमुख आतिथ्यतामा भएको कविता प्रतियोगितामा प्रदिना खड्का प्रथम, साया दाहाल द्धितीय र विराज दोङ तृतीय हुनुभएको छ । प्रतियोगिताको निर्णय देवकी सिग्देल, रमेश दाहाल र सुभद्रा दाहालले गर्नुभएको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवारका संरक्षक उद्धब सापकोटा, झरना साहित्यिक परिवारका अध्यक्ष बिश्वनाथ सञ्जेल, महेन्द्र माविका प्रअ दुर्गाप्रसाद पराजुली, प्रल्हाद गौतम, दिनेश माझीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गायत्री रुपाखेतिले गर्नुभएको थियो भने सहजीकरण वसन्त गौतम र स्नेहा पराजुलीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*