फास्टट्र्याक निर्माणका सामान बोलेरोमा राखेर चोरी

बकैया दर्पण संवाददाता
४ कार्तिक २०७९, शुक्रबार १६:५१

मकवानपुर । निर्माणाधीन काठमाडौं-मधेश द्रुतमार्ग (फास्टट्र्याक) निर्माणका लागि राखिएका सामान चोरी भएको छ । चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका-१२ जितपुर भञ्ज्याङमा द्रुतमार्ग निर्माणका लागि राखिएको फलामका सामान चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले बोलेरामा हालेर लगिएको फलामका सामान बरामद भएको जनाएको छ ।

झण्डै १३ क्विन्टल सामान ना.५ ख १४४३ नम्बरको बोलेरोमा लैजाँदै गर्दा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । फलामका सामान बोकेको गाडीलाई बाटो देखाउन प्रयोग गरिएको बा.५५ च ८५०२ नम्बरको मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अपराधमा संलग्न चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, चोरीको आरोपमा मकवानपुरगढी गाउँपालिका-२ का ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका-१२ कोलखोपका २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*