सङ्गमले आयोजना गरेको निबन्ध प्रतियोगितामा लामिछाने प्रथम

बकैया दर्पण संवाददाता
९ आश्विन २०७९, आईतवार ०८:३०

मकवानपुर । शनिबार साहित्यि सङ्गमको आयोजनामा भएको खुला निबन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम हुनुभएको छ । यस्तै, प्रतिमा पौडेल द्वितीय, गरिमा थापा तृतीय र गौरी कँडेल सान्त्वना हुनुभएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
साहित्य संगम मकवानपुरको आयोजनामा विश्व मुटु दिवसको अवसरमा ३२३ औं साहित्य सन्ध्या, विजया दशमीको शुभकामना आदानप्रदान एवम् खुला निबन्ध प्रतियोगिता गरेकोे हो । संगमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य भगिरथ शर्मा खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रममा प्रायोजन गरेको थियो ।
कार्यक्रममा सिस्नुपानी मकवानपुर अध्यक्ष राजकुमार लामिछाने, झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल, प्रलेस केन्द्रीय सदस्य मसान उपासक, आँचलका अध्यक्ष भावना सापकोटा, सुवास खनाल, देवराज खरेल, देवराज तिवारी, संप्रस पौडेल, सानुभाई विश्वकर्मा लगायतका सर्जकहरूले रचना वाचन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*