कांग्रेस बागमती प्रदेशको घोषणापत्र तयारी समिति गठन : संयोजकमा महामन्त्री बादे

बकैया दर्पण संवाददाता
८ आश्विन २०७९, शनिबार १२:२९

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले आशन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरेको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले पार्टी विधानको ब्यवस्था बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश कार्यसमितिका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, जीवन डंगोल, हरिशरण श्रेष्ठ र मुख्यसचिव राजु नेपाल सदस्यसचिव रहने गरी कांग्रेस बागमती प्रदेश घोषणापत्र तयारी समिति गठन गरिएको छ ।

सभापति बानियाँले घोषणापत्र तयारी समिति संयोजक बादेलाई आवश्यकता अनुसार समितिमा सदस्य थपेर तत्काल घोषणापत्र तयारीको काम अघि थाल्न निर्देशन दिएको मुख्यसचिव नेपालले जानकारी दिनुभयो। समितिले विभिन्न क्षेत्रका विज्ञहरुसंग छलफल गरि यही सातादेखि घोषणापत्र निर्माणको काम थालनी गर्नेसमेत संयोजक बादेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*