भैरव अर्याललाई सम्झिए हेटौंडामा साहित्यकारले

बकैया दर्पण संवाददाता
५ आश्विन २०७९, बुधबार १०:४६

मकवानपुर । वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको ८६ औं जन्मजयन्तीका अवसरमा आज हेटौंडाका साहित्यकारले उहाँको प्रतिमामा माल्यार्पण कार्यक्रम गरेका छन् ।

साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । हेटौंडा–५ मा अवस्थित पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको अर्यालको प्रतिमामा माल्यार्पण गरेर उहाँको सम्झना गरिएको छ ।

कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालले माल्यार्पण गर्दै अर्यालको विषयमा बोल्नुभएको थियो । पुष्पलाल स्मृति पुस्तकालय परिसरमा २०६३ सालमा निर्माण गरिएको प्रतिमा मोरङका नविन सुवेदीले बनाएको र सो प्रतिमा काठमाडौंपछि हेटौंडामा रखिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, प्रलेस केन्द्रीय सदस्य मसान उपासक, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेश अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेललगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

संगम र सिस्नुपानीले प्रदान गर्ने भैरव अर्याल सम्मानसहितका साहित्यक कार्यक्रम आगामी मंसिरमा आयोजना गर्ने कार्यक्रम रहेको संगमकी अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*