जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बकैया दर्पण संवाददाता
२९ भाद्र २०७९, बुधबार १४:३३

मकवानपुर । जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।

मंगलबार जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह अन्तर्गतको ‘प्रभावको लागि कार्य’ शीर्षक रहेकोे स्वर्गीय बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा उचित बजगाईं प्रथम हुनु भएको छ । प्रतियोगितामा सुनिल न्यौपाने द्वितीय, सुदिन पौडेल तृतीय र मधु यादव सान्त्वना स्थान हासिल भएका छन् ।

प्रतियोगितामा निमेष निखिल, मिरा शर्मा र सुशिला पौडेल निर्णायकको रुपमा रहनुभएको थियो ।

जेसीआई हेटौंडा लेडीको वर्ष २०२२ अध्यक्ष कविता पौडेलको सभाध्यक्षता तथा मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा। शंकर उपाध्यायको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जेसीआई हेटौंडा लेडीकी निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, पूर्व अध्यक्ष सुशिला पौडेल, जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्ष शिवकुमार श्रेष्ठ, महासचिव विकेशलाल श्रेष्ठ, जेसीआई बस्तिपुरको कार्यकारिणी उपाध्यक्ष जेसी अमृत पाठकलगायतका अतिथिहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक एलिसा न्यौपानेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*