वकैया –७ मा पुरुष नकआउट फुटबल प्रतियोगिता हुदै

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार १३:२७

मकवानपुर । पूर्वी मकवानपुरको वकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता असोज ८ गतेबाट सञ्चालन हुने भएको छ ।

नेपालीहरुको महान् पर्व विजया दशमीको अवसर पारेर वकैया–७ भिरकोट खेल मैदानमा असोज ८ बाट १५ गतेसम्म वडा स्तरीय पुरुष नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको खेलकुद बिकास समितिको उपाध्यक्ष राजकुमार स्याङ्तानले बताउनुभयो ।

प्रतियोगितामा विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने समितिले बताएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई उचित पुरस्कारको समेत व्यवस्था गरेको आयोजक खेलकुद बिकास समितिले जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि असोज ६ भित्र आफ्नो टिम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ । र सो प्रयोजनका लागि ४ हजार दर्ता शुल्क लाग्ने पनि जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*