झरनाको साहित्यिक पदयात्रा सम्पन्न

बकैया दर्पण संवाददाता
२७ भाद्र २०७९, सोमबार १०:४४

मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको २८१ औँ साहित्य शृङ्खलाको अवसरमा साहित्यिक पदयात्राको आयोजना गरिएको छ । सर्जकहरूको सुस्वास्थ्य, आन्तरिक पर्यटन प्रबद्र्धन तथा पर्यावरण संरक्षणको सन्देश दिने उद्देश्यले शनिबार आयोजित पदयात्राका क्रममा हेटौंडादेखि मनकामना डाँडा–सामरी–बुङ्दल–सामरीसम्मको करिब १२ किलोमिटर पदयात्रा गरिएको झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले जानकारी गराउनुभयो ।

यात्राको अन्त्यमा आयोजित रचना वाचन कार्यक्रममा १४ जनाले रचना वाचन गर्नुभएको थियो । साहित्यिक पदयात्रामा सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकार रमेशमोहन अधिकारी, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्च मकवानपुरका निवर्तमान अध्यक्ष देवराज तिवारी, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्ताैला, गजल मञ्च मकवानपुरका उपाध्यक्ष हरिप्रसाद पौड्याल, झरनाका उपाध्यक्ष विश्वनाथ सञ्जेललगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*