क्युपेक–नेपालको नगर कमिटीको वार्षिक भेला सम्पन्न

बकैया दर्पण संवाददाता
२१ भाद्र २०७९, मंगलवार १०:५४

मकवानपुर । नेपाल विजुली, पेन्टर, प्लम्वर, तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) हेटौंडा उपमहानगर कमिटीको वार्षिक भेला सोमबार सम्पन्न भएको छ ।

उक्त भेलाले नगरभित्र तथा मकवानपुर जिल्लाभरिका निर्माण क्षेत्रमा काम गर्दै आएका मजदुरहरूलाई सुचिकृत तथा पञ्जिकरणका लागि आह्वान गरेको छ ।

नगर कमिटी अध्यक्ष खड्ग बहादुर गोलेको सभाध्यक्षता तथा जिफण्ट पालिका कमिटी अध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलामा वोल्दै क्युपेक नेपाल जिल्ला सचिव बुद्धवहादुर बि.क.ले अब सम्पुर्ण मजदुरहरू आफ्नो हक र अधिकारबाट कुनै मजदुरहरू नछुटुन् भन्दै सूचिकृत तथा पञ्जिकरणमा सहभागी हुन सम्पुर्ण मजदुरहरुसँग आह्वान गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य विक्रम सिं स्याङ्तान, जिल्ला प्रतिनिधी परिषद् प्रमुख प्रताप राई, जिल्ला अध्यक्ष प्रल्हाद राई, पुर्व अध्यक्ष देवी प्रसाद दाहाल, केन्द्रिय युवा सदस्य राजेन्द्र लम्साल, युवा अध्यक्ष सन्तोष न्यौपानेलगायतको अतिथ्यता रहेको नगर इन्चार्ज दुर्गा ब. वाइबाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*