श्याम प्रसाद शर्माको अर्ध कदको सालिक हेटौंडामा अनावरण

बकैया दर्पण संवाददाता
१८ भाद्र २०७९, शनिबार ०९:१८

मकवानपुर । बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक आज अनावरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गर्नुभएको हो । सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिष्ठानका उपाध्यक्ष इन्द्र प्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

१९८६ असार ६ गते मकवानपुरको तत्कालिन मन्थली गाविसमा जन्मनु भएका शर्माको एक दर्जन बढि साहित्यकि कृति प्रकाशित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*