साहित्य सङ्गमको कार्यक्रममा ३ जना कवि उत्कृष्ट घोषित

बकैया दर्पण संवाददाता
१२ भाद्र २०७९, आईतवार ११:३२

मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यो बर्षको मोती जयन्ती एवम् बुबाको मुख हेर्ने दिनको अवसरमा शनिबार खुला कविता प्रतियोगितागरेको छ ।

खुला कविता प्रतियोगितामा ३ जना कवि उत्कृष्ट घोषित भएका छन् । प्रतियोगितामा समर्पण न्यौपाने, स्वस्तिका दाहाल र इलिशा पराजुली उत्कृष्ट कवि घोषित हुन सफल भएका हुन् । उत्कृष्ट कवि घोषित भएका तीनैजनालाई जनही २ हजार ५ सय रुपैयाँका दरले नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै उषाकिरण अधिकारी र गौरी कँडेललाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिएको छ । प्रोत्साहनस्वरुप जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगीमा ३४ जनाले प्रतिष्पर्धा गरेका थिए । सहभागी ३४ जनाले कविता पठाए पनि २८ जनाले मात्र कविता वाचन गरेका थिए ।

न्यौपानेले ‘बा’, दाहालले ‘बाबा’ र पराजुलीले ‘बाका रक्तनली’ शिर्षकमा कविता वाचन गर्नुभएको थियो भने अधिकारीले ‘बुबा’ र कँडेलले ‘बा’ शिर्षकमा कविता वाचन गर्नुभयो ।

कविहरु छवि अनित्य, विश्वनाथ सञ्जेल र घनश्याम घिमिरेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा कवि रामचन्द्र फुर्सती आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देवराज खरेल, देवराज तिवारी, मसान उपासक, सम्प्रस पौडेल, दीपक गौतम, चिरञ्जीवि लामिछाने, राजकुमार लामिछानेलगायतको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*