क्युपेक मकवानपुर महिला कमिटी अध्यक्षमा राई

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १४:१३

मकवानपुर । क्युपेक नेपाल जिल्ला महिला कमिटी मकवानपुरको अध्यक्षमा सर्मिला राई सर्वसम्मत चयन हुनुभएको छ ।

भेलाले राईको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती चयन गरेको हो । कमिटीको उपाध्यक्षमा निरु आले मगर, सचिवमा तारा कुमारी वि.क., सह सचिवमा मालति माया थिङ कोइराला चयन हुनुभएको छ । यसै गरी सदस्यहरुमा जानुका राई, अनिता कुँवर, सावित्री सेडाइ धमला, सरस्वति मोक्तान र जानुका सुनुवार चयन हुनुभएको छ ।

कमिटीको संयोजक राईको सभाध्यक्ष तथा क्युपेक नेपाल केन्द्रिय उपाध्यक्ष मान बहादुर वि.क. को प्रमुख अतिथिमा कार्यक्रम भएको जिल्ला महिला कमिटी इन्चार्ज विन्दा राईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*