बकैयाका लामाको शव फेला

बकैया दर्पण संवाददाता
७ भाद्र २०७९, मंगलवार १२:४५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ को हिरामुनीमा एक शव फेला परेको छ ।

सोमबार गाउँपालिकाको वडा नंबर ७ को हिरामुनीकी ६२ वर्षीया कृष्ण कुमारी लामाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लामा आफ्नो घरबाट करिब १ किलोमिटर नजिक बारीको झाडिमा घोप्टो परेर मृत अवस्थमा फेला परेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*