मनहरी खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

बकैया दर्पण संवाददाता
५ भाद्र २०७९, आईतवार १३:१८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–१० को धाँदरबाट नाम्सेदुङ्ग जान मनहरी खोला तर्ने क्रममा दुईजना महिलालाई मनहरी खोलाले बगाएको छ ।
मनहरी खोलाले बगाएका मध्ये एकजनाको शव भेटिएको छ भने अर्को एकजना भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
शनिबार साँझ ६ बजेको समयमा मनहरी खोला तर्ने क्रममा बिमला सुनार, सन्तमाया प्रजा र माइलीमाया रुम्बालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएका मध्ये बिमला सुनार खोलाबाट बाहिरिन सफल भए पनि प्रजा र रुम्बालाई भने खोलाले बगाएको प्रहरीको भनाइ छ । खोलाले बगाएका प्रजाको शब आइतबार बिहान बरामद भएको छ भने रुम्बाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*