एमाले मकवानपुरले दियो जनसंगठनका अगुवा कार्यकर्तालाई प्रशिक्षण

बकैया दर्पण संवाददाता
३ भाद्र २०७९, शुक्रबार १४:०४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले आफु सम्बद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुलाई आज हेटौँडामा प्रशिक्षण दिएको छ ।

जनसंगठन समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा कार्यक्रम आयोजना भएको हो । एमाले पार्टीसंग आवद्ध बिभीन्न २२ वटा जनवर्गिय जनवर्गिय संगठनहरुका अगुवा नेताहरुलाई प्रशिक्षण दिइएको हो ।
जनवर्गिय संगठनमा आवद्ध रहेर केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य र जिल्ला कमिटीका पदाधिकारीहरुका लागि प्रशिक्षण दिइएको थियो । कार्यक्रमको उद्घाटन नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले गर्नुभयो । प्रशिक्षणका क्रममा उहाँले आगामी मंसिर ४ गतेको निर्वाचन जिताउन सबै अगुवा कार्यकर्ताहरु एकजुट भएर लाग्ने हो भने एमालेको बिजय सम्भव रहेको बताउनुभयो । गत स्थानिय निर्वाचनमा पनि आफुहरुले करिब ७ लाखभन्दा धेरै मत थप्न सफल भएकोले नैतिक रुपमा आफुहरु बिजयी भएको उहाँको दावी छ ।

कार्यक्रममा मकवानपुर जनसंगठन समन्वय संयन्त्र प्रमुख हिदम लामाले जनसंगठन र पार्टी बीचको अन्तरसम्बन्धबारे, केन्द्रिय जनसंगठन समन्वय संयन्त्र भानुभक्त ढकालले राष्ट्रिय राजनितिक गतिविधिबारे प्रस्तुति र जनसंगठनको कार्यभारबारे र पार्टी केन्द्रिय सदस्य रामेश्वर रानाले जनताको बहुयोजनाबारे प्रशिक्षण दिनुभयो । यस्तै पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले स्थानीय निर्वाचन २०७९ को सन्देश, जनवर्गीय संगठन गठन, परिचालन र आगामी निर्वाचनको तयारीबारे र पार्टी जिल्ला सचिव नविन सिग्देलले बहुदलीय मतको मान्यता अनुरुप पार्टी निर्माण र परिचालनबारेप्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य भारती पाठक, नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बतौंला, नेकपा एमालेका प्रदेश कमिटि सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल, एकराज उप्रेती, भोजराज ढकाल, देबराज रिमाल, पद्मा पौडेल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा २२ वटा जनवर्गिय सङ्गठनका अगुवा नेताहरुको उपस्थीति रहेको थियो । कार्यक्रम जनसंगठन समन्वय संयन्त्र मकवानपुरका इन्जार्ज हिदम लामाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*