हेटौंडामा खानेपानीबाट मासिक ९० लाख ४० हजार महशुल संकलन

बकैया दर्पण संवाददाता
१ भाद्र २०७९, बुधबार १४:१२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बोर्डमा आबद्ध २२ हजार २१४ धारा रहेकोमा खानेपानीबाट मासिक ९० लाख ४० हजार महशुल संकलन हुने गरेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । आज बार्डका सदस्य इन्द्र नेपालले आर्थिक वर्ष २०७८/७९ को आर्थिक अवस्था र आर्थिक वर्ष २०७९र८० को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै हेटौंडामा दैनिक सरदर १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुँदै आएको बताउनुभयो ।

बोर्ड गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले दैनिक १ करोड ८२ लाख खानेपानी उत्पाद हुने गरेको र उत्पादन भएको खानेपानी १२ प्रतिशत चुहावट हुने गरेको बताउनुभयो । उहाँले दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण हुने गरेको बताउनुभयो । बोर्डले हेटौंडामा दैनिक ७ देखि ८ घण्टा खानेपानी वितरण गर्दै आएको छ । बोर्डले आर्थिक वर्ष २०७८र७९ आय तर्फ पानी महशुल, जरिवाना, नयाँ धारा जडान, पानी परीक्षण शुल्क, बैंक व्याज, हेटौंडा उपमहानगरसंगको साझेदारीबाट प्राप्त भएको र अन्य निकाय संघ संस्थाबाट आएको र गत वर्षको राजस्व मौज्दात समेत गरेर १ अर्ब ६ करोड ४४ लाख २५ हजार ७१२ रुपैया संकलन भएको जनाएको छ ।

यसैगरी बोर्डले व्यव तर्फ कार्यालय संचालन खर्च ४ करोड ७० लाख ४९ हजार ४२ रुपैयाँ, सेवा संचालन खर्चतर्फ २ करोड ९२ लाख ६४ हजार ८२५ रुपैयाँ खर्च भएको जनाएको छ । बोर्ड आगामी वर्ष भीमफेदी स्थित कुलेखानी भैसे खोलाको पानी शुद्धिकरण गरेर वितरण गर्ने योजना रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले आफ्नो ५ वर्षे कार्यकाल भित्र हेटौंडाको सबै वडाहरुको टोल गाउँहरुलाई बोर्डमा सहभागी गराएर शुद्ध खानेपानी वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरि, उहाँले उपमहानगरले बोर्डमा आबद्धहरुलाई मासिक १० हजार लिटर खानेपनी निःशुल्क वितरण गरेको भन्दै करको शुल्क नबढ्ने तर सबै व्यवसायलाई करको दायरा ल्याईने तयारी गरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नगरको पूर्वाधार विकाससंगै आय बढाउने कार्यहरु गरिने बताउनुभयो । बोर्डका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपमहानगरका उपप्रमुख राजेश बाँनिया, बोर्डका कार्याकारी निर्देशक सुदर्शन ढकाल, वडाअध्यक्षहरु, बोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*