बागमती प्रदेशको ८७ प्रतिशत जमिनमा रोपाईं

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १६:१७

मकवानपुर । बागमती प्रदेशमा हालसम्म ८७ प्रतिशत रोपाईं सकिएको छ । प्रदेशको १३ जिल्लामा १ लाख २० हजार ५६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्दछ । त्यसमध्ये १ लाख ५ हजार ९१६ हेक्टरमा रोपाईं सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिनुभयो ।
बागमती प्रदेशको ‘अन्नको भण्डार’ को रुपमा चिनिने चितवनमा ९० प्रतिशत रोपाईं सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २२ हजार ९७७ हेक्टर क्षेत्रफलमध्ये २० हजार ६७९.३ हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ८ हजार ८ सय हेक्टर ९८ (प्रतिशत) रोपाईं सकिएको छ ।
नुवाकोटमा १४ हजार २८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १४० हेक्टर क्षेत्रफल (८५ प्रतिशत) मा रोपाईं सकिँदा रसुवामा १ हजार ८७२ हेक्टर क्षेत्रफलमध्ये १ हजार ६८४ हेक्टर क्षेत्रफल (९० प्रतिशत) मा रोपाईं सकिएको छ ।
त्यसैगरी ललितपुरको ४ हजार १७५ हेक्टर, भक्तपुरको ३ हजार ९२५ हेक्टर र काडमाडौँको ५ हजार ९५९ हेक्टरमा धानखेती हुने गर्दछ । ३ यी ३ वटै जिल्लाहरुमा रोपाईं सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाईंले बताउनुभयो ।
काभ्रेपलाञ्चोकमा ९ हजार हेक्टर क्षेत्रफलमध्ये ३८५ (९०.५ प्रतिशत) मा रोपाईं सकिँदा सिन्धुपाल्चोकका ८ हजार ५९० हेक्टर क्षेत्रफलमध्ये ८ हजार १६१ हेक्टर (९५ प्रतिशत) मा रोपाईं सकिएको हो ।
रामेछापमा ८ हजार ८९३ हेक्टर क्षेत्रफलमध्ये ६ हजार २२५ हेक्टर (७० प्रतिशत) मा धान रोपेर सकिएको छ । दोलखामा २ हजार ९ सय २८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ४३० हेक्टर (८३ प्रतिशत) मा हालसम्म रोपाईं सकिँदा सिन्धुलीमा १५ हजार ४२३ हेक्टर क्षेत्रफलमध्ये १३ हजार ४१८ हेक्टर (८७ प्रतिशत) मा रोपाईं सकिएको हो । प्रदेशको धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ४८५.१५ हेक्टर (८५ प्रतिशत) मा रोपाईं सकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*