डेरी उद्योग चाडै सञ्चालनमा आउने

बकैया दर्पण संवाददाता
१८ श्रावण २०७९, बुधबार १४:५५

मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी वोर्डका कार्यकारी उपाध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको उपस्थितिमा उद्योगबाट सफलतापूर्वक परिक्षण उत्पादन गरिएको xf] ।
साथै उद्योगमा जडान भएका मेशिनको प्रारम्भिक परिक्षण समेत गरिएको थियो । दुग्ध सहकारी संघका सञ्चालकहरु, कर्मचमरी, मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, दुग्ध बिकास संस्थान हेटौंडाका आयोजना प्रमुख नबिन शर्मा, हेटौंडा डेरीका संकलन प्रमुख प्रदिप पौंडेल, पत्रकार लगायत स्थानीयको उपस्थितिमा परीक्षण उत्पादन गरिएको थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा सञ्चालनको तयारीमा रहेको उद्योगलाई बागमति प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) र सहकारी संघको लगानीमा दुग्ध प्रशोधन उद्योग निर्माण गरिएको हो ।
परिक्षण उत्पादनका क्रममा प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले जिल्ला दुग्ध उत्पादक सहकारी संघमा संकलित दुधलाई विभिन्न परिकार बनाई बजारिकरण गर्ने उद्देश्य अनुरुप उद्योग सञ्चालनको तयारीमा रहेको बताउनुभयो । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध र स्थानीय कृषकले उत्पादन गरेका कच्चा दुधलाई संकलन गरी दुधका परिकारहरु तयार गरी विक्री गरिने संघका अध्यक्ष बासुदेव अधिकारीले बताउनुभयो । अधिकारीले कृषकहरुलाई ब्यवशायिक बनाई आत्मनिर्भर बनाउन दुग्ध उद्योग प्रभावकारी हुने बताउनुभयो । उद्योगमा दही, खुवा, आइसक्रिम, पनिर, घ्यु, नौनी, जिरा मोही उत्पादन हुने संघका व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो ।
करिब ६ करोड लगानीमा निर्माण भईरहेको उद्योगमा बागमती प्रदेश सरकारको ५७ लाख २० हजार, सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)को एक करोड ७१ लख र सहकारी संघको करिब ३ करोड लगानी रहेको व्यवस्थापक दाहालले बताउनुभयो । उद्योगमा एक सिफ्टमा १० हजार लिटर दुधको विभिन्न परिकार बनाउन सक्ने क्षमता रहेको संघका ब्यवस्थापक दाहालले बताउनुभयो । जिल्लाका ६० वटा सहकारी संस्था आवद्ध रहेको दुग्ध सहकारी संघले दैनिक ४० हजार लिटर दुघ खरिद बिक्रीका लागि सहजिकरण गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*