कविता संग्रह ‘इन्द्रेणीका रङहरु’ विमोचन

बकैया दर्पण संवाददाता
१७ श्रावण २०७९, मंगलवार ११:०२

मकवानपुर । नवोदय साहित्यिक बगैंचा बाल क्लबले प्रकाशन गरेको कविता संग्रह इन्द्रेणीका रङहरु नामक पुस्तक विमोचन भएको छ । सोमबार एक कार्यक्रमका बिच समृद्धि देवद्वारा लिखित उक्त कविता संग्रह विमोचन गरिएको हो ।

हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा कविता संग्रह विमोचन गरिएको हो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

उक्त कविता संग्रहमा २३ वटा कविता समावेश गरिएको छ । कविता संग्रहको भाषा सम्पादन नेपाली भाषाका शिक्षक सिएम रिमालले गर्नुभएको हो । संग्रहमा नारीको वेदना, नेपालको सुन्दरता र नेपालीको अपेक्षाहरु लगायत विषय समेटिएको छ ।

म्यानेजमेन्टका विद्यार्थीहरुलाई प्रेरणा होस् भनेर हेटौंडा स्कूल अफ म्यानेजमेन्टको सभाहलमा विद्यार्थीहरुबीच कविता संग्रह विमोचन गरिएको प्रचार्य जोशीले बताउनुभयो । उहाँले साहित्य समाजलाई रुपान्तरण गर्ने मञ्च भएको बताउनुभयो । नवोदय शिशु सदनबाट १० कक्षा उत्तीर्ण गरेकी देवले हेटौंडा स्कूल अफ म्यानेजमेटबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*