स्थलगत कविता लेखन प्रतियोगितामा ५ जना उत्कृष्ट

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार ११:१४

मकवानपुर । शनिबार भएको स्थलगत कविता लेखन एवम् वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

झरना साहित्यिक परिवारको २८० औं साहित्य शृङ्खलाको अवसरमा उक्त प्रतियोगिता भएको हो । स्थलगत कविता लेखनपछि गरिएको प्रतियोगितामा ५ जना उत्कृष्ट भएका छन् । प्रतियोगितामा महेन्द्र माविका सन्तोष विक, बुद्ध माविका सुमिना दाहाल, बुद्ध माविकै मनिका नेगी, कर्मप्राप्ती माविका आयुषा सदाशंंकर र जनक माविका एस्तर बजु उत्कृष्ट हुन सफल भएका छन् ।

उत्कृष्ट हुन सफल ५ जनालाई १५ सय रुपैयाँ बराबरको पुस्तक र प्रमाणपत्र प्रदान गरिएको झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासकले जानकारी दिनुभयो । सहभागीहरुले हाम्रो गाउँ र बकैया शिर्षकमा कविता लेखेर वाचन गरेका थिए ।

महेन्द्र मावि, कालिदेवी मावि, महेन्द्र मावि, बुद्ध मावि, कर्मप्राप्ती मावि, जनक माविका ११ जनाले कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी जनाएका थिए । कार्यक्रम झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको सभाध्यक्ष तथा कवि उद्धव सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाललगायतको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*