हेटौंडा उपमहानगरपालिका र चाइनाको युनान प्रदेशबिच भगिनी सम्बन्ध

बकैया दर्पण संवाददाता
१४ श्रावण २०७९, शनिबार ०९:४६

मकवानपुर । बाह्य मुलुकसँग सम्बन्ध र सम्पर्क बढाउनका लागि हेटौंडा उपमहानगरपालिकाले चाइनको युनान प्रदेससँग भगिनी सम्बन्धको तयारी थालेको छ । नेपाल चाईना एक्जुकेटिभ काउन्सिल मार्फत हेटौंडा र युनान बिच भगिनी सम्बन्धको तयारी गरेको हो ।

तयारी अनुरुप सम्बन्ध कायम गर्नका लागि युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाण्डौका प्रमुख उ लिन छन सहितको तिन सदस्य टोली हेटौंडा आएको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडासँग सम्बन्ध बनाउने अभियानमा सहयोग गर्ने भएका छन् । बार्षिक करिब ५० लाख बराबरको सहयोग गर्ने तयारी अनुसार चालु बर्षमा हेटौंडाको बिभिन्न वडाहरुमा काम गर्ने गरी अनुगमनसमेत गरिएको छ । शुक्रवार हेटौंडा उपमहानगरका ५ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उहाँहरुले सहयोगको बाटो खोलेको बताउनुभएको छ । कोरोना संक्रमण दर बढ्दै गएको समयमा उनिहरुको सहयोगमा माक्स, सेनेटाइजर, एन्टीजिन किट सहितको सामग्री हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तर गरेको हो । सहयोग हस्तान्तरण पछि हेटौंडा उपमहानगरको चार वटा वडाका लागि ‘खुल्ला जिम अभ्यास’ केन्द्र सञ्चालनका लागि अनुमगमन गरेको हो ।

युनान कर्मशियल रिप्रीजेन्टिटिभ अफिस काठमाण्डौका प्रमुख उ लिन छन सहित हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपाने, ९ का अध्यक्ष सुकराम केसी, १८ का अध्यक्ष अनिल बानियाँ सहितको टोलीले हेटौंडा १४, ८, ९ र १८ नम्बरमा रहेका सार्वजनिक जमिनको अनुममन र निरीक्षण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*