महिला सीप विकासले देशैभर गृहिणी शिक्षा लागु गर्न मकवानपुरमा १० दिने अभियान संचालन गर्ने

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १४:५७

मकवानपुर । महिला सीप विकास केन्द्र, मकवानपुरले देशभर गृहिणी शिक्षा लागु गर्न तथा भ्रष्ट्रचार अन्त्यको लागि १० दिने सडक अभियान गर्ने भएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै केन्द्रको अध्यक्ष रिता खनालले देशभर गृहिणी शिक्षा लागु गर्न र पछिल्लो समयमा देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासन विरुद्ध अभियान संचालन गर्न लागिएको बताउनुभयो ।

उहाँले आफुहरुले यसअघि, २०६३ सालमा जिल्लाभर गृहणी शिक्षा आन्दोलन र सहकारी अभियान संचालन गरेपछि तत्कालिन समयमा सरकारले वैकल्पिक शिक्षा प्रणालीको रुपमा ग्रहण गरेको बताउँदै पुनः संचालन गर्न लागिएको गृहणी शिक्षा अभियान सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले महिला शिक्षालाई पुनः स्थानीय तहले लागु गर्नुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खनालले जनताले थेग्नै नसक्ने अनावश्यक प्रदेश तह संविधानबाट संशोधन गर्दै तत्काल खारेज गर्नुपर्ने र आफुहरुको अबको अभियान पनि नागरिक तहसम्म पुगेर प्रदेश तह खारेज गर्न तर्फ रहने बताउनुभयो । उहाँले देशको आर्थिक अवस्था श्रिलंका पथ तर्फ गईरहेको बताउँदै बेलैमा नागरिक समाज जाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको कार्यापालिका,न्यायपालिका,व्यवस्थापिका तीनै क्षेत्र भ्रष्ट्राचारमा लिप्त रहेको आरोप लगाउनुभयो । उहाँले अभियान अन्तर्गत पहिलो चरणमा १० दिनको आन्दोलन अभियान हटौंडाबाट पर्चा वितरण सुरु गरिने बताउनुभयो । साउन २१ गते सम्म जारी रहेन अभियानमा बजार,सडक,गाउँ,चोक चोकमा माईकिङ गर्ने,कोणसभा गर्ने,नागरिक समाजहरुसंग अन्तरक्रिया गर्ने र स्थानीयतहरुलाई ध्यानाकषर्ण पत्र दिने कार्यक्रम रहने अध्यक्ष खनालको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*