मकवानपुरमा एक वर्षमा १२५ जनाले गरे आत्महत्या

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १०:५०

मकवानपुर । मकवानपुरमा एक वर्षको अवधिमा १२५ जनाले आत्महत्या गरेका छन् । जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा १२५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा ९० जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जसमा ७ जना बालिका, ४ जना बालक, ५४ जना पुरुष र २५ जना महिला रहेका छन् । यस्तै, ३२ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । जसमा १८ जना पुरुष, १२ जना महिला, एक जना बालक र एक जना बालिका रहेका छन् भने पानीमा हाम फालेर एक जना पुरुष र एक जना महिलाले आत्महत्या गरेको उक्त तथ्याङ्कमा उल्लेख छ । यस्तै, आगो लगाएर एक जना पुरुषले आत्महत्या गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*