सोनाक्षी सिन्हाले गरिन् नयाँ फिल्मको घोषणा, फिल्मको फर्स्ट लुक सार्वजनिक

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १०:४८

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा चाँडै नै उनका भाइ कुश एस सिन्हा निर्देशित फिल्म ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ मा देखिने भएकी छिन् । यही फिल्ममार्फत उनका भाइ कुश एस निर्देशनबाट डेब्यु गर्दैछन् । अहिले यो फिल्मको फर्स्ट लुक पोस्टर पनि सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । सोनाक्षी यसमा एकदमै फरक अवतारमा देखिएकी छिन् ।

फिल्मको फर्स्ट लुक पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै सोनाक्षीले क्याप्सनमा लेखेकी छिन्, ‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ छिट्टै आउँदैछ । यस फिल्मबाट कुश सिन्हाले निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा म दिग्गज कलाकार परेश रावल र सुहेल नय्यरकाे मुख्य भुमिका रहेको छ । फिल्मको पोस्टरमा उनको साइडमा अनुहार देखिएको छ । फिल्मको बारेमा कुरा गर्दै सोनाक्षीले भनिन्, ‘कुश र म राम्रो प्रोजेक्टमा सहकार्य गर्न चाहन्थ्यौं । अन्ततः हामीले दुवैलाई मनपर्ने प्रोजेक्ट भेट्यौं र हामी उत्साहित छौं’।

‘निकिता रोय एन्ड द बुक अफ डार्कनेस’ २०२३ मा रिलिज हुनेछ । एनभीबीको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई निकी भगनानी, ज्याकी भगनानी र अंकुर ताकारानीले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*