एमाले मकवानपुरद्वारा संघीय निर्वाचन घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन

बकैया दर्पण संवाददाता
११ श्रावण २०७९, बुधबार १०:४०

मकवानपुर । नेकपा एमाले मकवानपुरले संघीय निर्वाचनको मिति घोषणाको माग गर्दै हेटौंडामा प्रर्दशन गर्न माग गरेको छ । एमाले मकवानपुरले मंगलबार हेटौंडामा बढ्दो मंहगी, कालोबजारी, अभाव,भष्ट्रचार र कुशासन विरुद्ध बृहत जनप्रदर्शन गर्दै संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो ।

हेटौंडा–५ पुष्पलाल पार्कस्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शन कार्याक्रममा एमाले केन्द्रीय सदस्य एंव मकवानपुर ईन्चार्ज रामेश्वर राना लगाएत एमाले बागमती प्रदेश सदस्यहरु,जिल्ला पदाधिकारीहरु र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*