हेटौंडामा सामुदायिक वन मासेको आरोपमा ७ जना पक्राउ

बकैया दर्पण संवाददाता
११ श्रावण २०७९, बुधबार १०:३७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को नयाँ पर्यटकीय गन्तव्य नयाँबस्तीको डाईभर डाँडामा सामुदायिक वन मासेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । नयाँबस्तीको डाईभर डाँडामा निर्माणधिन भ्यू–टाबर नजिकै अवैध रुपमा साना ठूला गरी ६७ वटा हरियो सालको कटान गर्दै सामुदायिक वन मासेको आरोपमा वन समितिका ७ जनालाई पक्राउ गरिएको हो ।

चुरियामाई उपभोक्ता समिति अन्तर्गत रहेको मध्यवर्ती सामुदायीक वनमा रुख कटानी भएको पाईएपछि पर्सा वन्यजन्तु आरक्षले हरियाली मध्यवर्ती सामुदायीक वनका समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत असार ३१ गते पक्राउ परेका उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका ७ जनामा २ जना जेष्ठ नागरिक भएकोले जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर जवानीमा छोडेको बुझिएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको उनीहरुको नाम खुलाएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*