सञ्जेलको नेतृत्वमा नेपाली भाषाशिक्षक समिति मकवानपुरको नयाँ समिति गठन

बकैया दर्पण संवाददाता
८ श्रावण २०७९, आईतवार १३:०७

नेपाली भाषा शिक्षक समिति मकवानपुरको आज भएको चौथो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । जनजागृति माध्यमिक विद्यालय रातोमाटेका नेपाली भाषा शिक्षक केशवप्रसाद सञ्जेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।समितिको उपाध्यक्षमा वंशगोपाल माविका माधवप्रसाद गौतम, महिला उपाध्यक्षमा जनप्रिय माविकी अनिता तिमल्सिना, सचिवमा प्रगति माविका ज्योति न्यौपाने, सहसचिवमा पशुपति मावि हाँडिखोलाका रामचन्द्र तिमल्सिना, कोषाध्यक्षमा सिद्धार्थ माविका सुशीला चौलागाईँ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविका धुमावती भण्डारी, महेन्द्र मावि भीमफेदीकी विष्णुमाया नगरकोटी, बुद्ध मावि बकैयाका प्रेमबहादुर बोम्जन, हेटौंडा १४ मयुरधाप जनज्योति माविका हरिप्रसाद पौड्याल, ज्ञानदा माविका रमा अधिकारी, नवज्योति माविका अनिमा दुलाल, संस्थागत विद्यालयतर्फबाट निशा मगर, रमा आचार्य र कमल नेपाल चयन हुनुभएको छ ।

समितिका अध्यक्ष रमेशमोहन अधिकारीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा समितिका अध्यक्ष अधिकारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सागर खतिवडाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संशोधित विधान अनुसार केही दिनभित्र मकवानपुरका सबै पालिकाहरूमा पनि नेपाली भाषा शिक्षक समिति गठन गरिने भएको छ । नयाँ समिति गठनका लागि निर्वाचन समितिमा रमेशमोहन अधिकारी, दीपक गौतम र तोयानाथ सुवेदी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन सचिव माधव खतिवडाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*