प्रदेश १ को प्रदेश सभाको बैठक बस्दै

बकैया दर्पण संवाददाता
८ श्रावण २०७९, आईतवार ११:०९

मकवानपुर । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदिप कुमार भण्डारीले आज दिउँसो १ बजेका लागि बैठक बोलाभएको छ । तर आजको बैठकमा पनि प्रदेशको नामकरणको विषयले प्रवेश नपाउने भएको छ ।
नामकरण नटुङ्गिँदा प्रदेश १ मा यो विषय थप पेचिलो बन्दै गएको छ । दलहरुबीच सहमति नबन्दा नामकरणको विषयले बैठकमा प्रवेश नपाएको प्रदेशसभा उपसचिव चन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँले आजको बैठकको कार्यसूचीमा नामकरणको विषय नरहेको बताउनुभयो ।
नामकरणबारे सभामुख भण्डारीले अस्ति शुक्रबार बोलाएको भएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । बैठकमा दलहरु केही सकारात्मक बन्दै नामकरणको बारेमा सहमतिका लागि थप छलफललाई निरन्तरता दिने सहमति गरेको थियो ।
प्रदेश १ को नाम पहिचानको आधारमा गर्न पहिचान बादी संगठनहरुले राजधानी काठमाडौं सहित विराटनगरमा प्रदर्शन गरिरहेका छन् ।
प्रदेशसभाको आजको बैठकमा सञ्चार विधेयक, प्रज्ञाप्रतिष्ठान विधेयक र केही वार्षिक प्रतिवेदन माथि छलफल हुने सम्भावित कार्यसूची रहेको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*