क्रियाशीलबाटै उम्मेदवार सदस्यबाट छनौट गर्न बानियाँको आग्रह

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १६:४१

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा सम्बोधन गर्दै बानियाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घातअन्तर्गघात बढेको भन्दै क्रियाशीलबाटै उम्मेदवार छनौट जरुरी रहेको बताउनुभयो ।

बानियाँले मंसिरको पहिलो हप्ता हुने निर्वाचनमा संघ र प्रदेश दुवै तहमा कांग्रेसको बहुमत ल्याउने गरी टिकट वितरण गर्न जरुरी रहेको बताउनुभयो । बानियाँले स्थानीय तहमा मकवानपुर कांग्रेस पहिलो पार्टी भए पनि जनधार अझै बलियो बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*