परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध हेटौडा क्याम्पसमा सहमति

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार १३:२१

मकवानपुर । स्नातक तह दोस्रो वर्षको वार्षिक परीक्षामा सहभागी हुन आएका विद्यार्थीमाथि दुर्व्यवहारपूर्ण तरिकाबाट खानतलासी गरिएको भन्दै विद्यार्थीको चर्को विरोधपछि आज भएको सर्वपक्षिय छलफलका क्रममा ४ बुदेँ सहमति भएको छ ।

बिध्यार्थी सङ्गठनका प्रतिनिधिहरु, पिडित परिक्षार्थीहरु, अभिभावक, पत्रकार, आरोपित कर्माचारीहरुको संयुक्त बैठकपछि परीक्षार्थीमाथि दुर्व्यवहार गर्ने दुई कार्यालय सहयोगीलाई त्रिवि लगायतका कुनै परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन् गर्ने, क्याम्पसको नियमित पठनपाठन गर्ने, आगामी दिनहरुमा हुने परीक्षा ब्यबस्थीत, भयरहित र सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरिने क्याम्पसको प्रतिबद्धतापछि सहमति भएको हो ।

यसका साथै परीक्षार्थीमाथि दुर्व्यवहारबिरुद्ध परेको उजुरीमा सत्यतथ्य ३ दिनभित्र छानविन गरी प्रतिबेदन पेश गर्ने गरी क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा बिध्यार्थी सङ्गठनका प्रतिनिधिहरु किसन घिसिङ, राजु खतिवडा, दिनेश सुवेदी, अरुण बर्तौला, ललित घलान, र अभिभावक मन्दिरा दाहाल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

मंगलबार परीक्षा दिन आएका विद्यार्थीमाथि दुव्र्यवहार भएको घटनालाई लिएर विद्यार्थीले बुधबार बिहान हेटौंडा क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दाँ विद्यार्थीले क्याम्पसमा तालाबन्दीसहित तोडफोड थिए । सो क्रममा क्याम्पसको झ्यालको सिसा फुटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*