परिक्षा दिन आएका दुई जना छात्रा माथि दुर्व्यवहार भएपछि हेटौँडा क्याम्पसमा तनाव

बकैया दर्पण संवाददाता
४ श्रावण २०७९, बुधबार ११:३४

मकवानपुर । परिक्षा दिन आएका दुई जना छात्रा माथि अनैतिक क्रियाकलाप भएपछि हेटौँडा क्याम्पसमा आज बिहानैबाट तनाव सृजना भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परिक्षा दिन पुगेका दुई जना छात्रामाथि ‘चिट’ लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्रि बस्त्र समेत खोल्न लगाएपछि लफडा भएको हो ।

परिक्षा दिनको लागि मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौँडा क्याम्पस पुगेका पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् । विद्यार्थीमाथि भएको दुर्व्यवहार भएको घटनालाई मकवानपुरमा क्रियाशिल विद्यार्थी संगठनहरुले आक्रोश ब्यक्त गरेका छन् । विद्यार्थीमाथि भएको अनैतिक क्रियाकलाप गर्नेलाई कडा कारबाही गर्न उनिहरुले माग गरेका छन् । घटनापछि बिहानैबाट प्रर्दशन भएपछि हेटौँडा क्याम्पसले सर्वपक्षिय बैठक राखेको छ ।

बैठकले दोषिको पहिचान गरि कडा कारबाही गर्ने निर्णय गरेको हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख देविराम लामाले बताउनुभयो । उहाँले क्याम्पसले घटनालाई महत्वको साथमा लिएर हेरेको र विद्यार्थीमाथि अनैतिक क्रियाकलाप गर्ने कर्मचारीको पहिचान गरि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*