हेटौँडा उपमहानगरद्धारा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १६:००

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ ।

तीन कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिभयो । ‘हाम्रो हेटौँडा’ नामको उक्त पुस्तकको छपाई भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उहाँको भनाइ थियो ।

उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिनुभयो । एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले जानकारी दिनुभयो । त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अंक प्रयोगात्मक रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*