‘सफा हेटौंडा अभियान’ को घोषणा

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १०:५०

मकवानपुर । जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गर्नुभएको छ । विभिन्न समयमा हरीत हेटौंडाको नामले चर्चामा रहिरहेको शहरलाई थप शौन्दर्यता दिनका लागि अभियानको घोषणा गर्नुभएको हो ।
उपमहानगरमा भएको सर्वपक्षिय छलफलबाट नगरप्रमुख लामाले अभियानलाई सफल बनाउँन हेटौंडावासीलाई आग्रह गर्नुभएका छ । अभियानमा स्वतस्र्फुत रुपमा हेटौंडाबासीलाई सहभागि हुन आह्वान समेत गर्नुभयो । बिभिन्न शहरहरुमा चलिरहेको सफाई अभियानलाई हेटौंडामा पनि कार्यान्वयनमा ल्याउनका लागि उहाँले सबैमा आह्वान गर्नुभयो ।

उहाँले नगरको सौन्दर्यता बढाउनका लागि हरेक हप्ताको सनिवार नगरका बिभिन्न वडाहरुमा अभियानलाई लैजाने बताउनुभयो । अभियानले हेटौंडालाई आफुपनि सुन्दर बनाऔं भन्ने भावनाको बिकास गर्ने उहाँको धारणा थियो ।
अभियान अन्तरगत सरसफाई, पार्क निर्माण, बृक्षारोपण लगाएका कामहरु गरीने छ । अभियानलाई लामो समय सम्म अघि बढाउँने योजना सहित टोल बिकास समन्वय समितिसँगको सहकार्यमा गरीने बताइएको छ । अभियान अनुसार हेटौंडा उपमहानगरपालिका ४ मा रहेको हुप्राचौरबाट सफाई अभियानको सुरुवात हुँदै नगरका सबैवडाहरुमा अध्यक्षको नेतृत्व र टोलबिकास सस्थाको सक्रियतामा सफाई अभियानमा हप्ताको २ घण्टा श्रमदान जुटाउने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*