अटोको बाटो इजाजत पत्रमा मनोमानी गरेकोमा प्रदेश नं तीन यातायात प्रालीको आपत्ति

बकैया दर्पण संवाददाता
२ श्रावण २०७९, सोमबार १५:२६

मकवानपुर । हेटौँडामा गुपचुप रुपमा सिमित तीन पाङ्ग्रे अटोहरुलाई मात्र बाटो ईजाजत पत्र दिइएकोमा प्रदेश नं तीन यातायात प्रालीले आपत्ति प्रकट गरेको छ ।

मकवानपुर जिल्लामा सञ्चालित तीन पाङ्ग्रे अटोहरुको प्रमुख समस्या भनेको बाटो इजाजत प्राप्त नहुनु भएको भन्दै प्रदेश नं तीन यातायात प्रालीले सोमबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बाटो इजाजत पत्र प्राप्त नहुदा अटो सञ्चालकहरुलाई दिनहुँ जिल्ला ट्राफिक प्रहरीद्धारा समातिने र चर्को जरिवाना लिने गरेको मा प्रदेश नं तीन यातायात प्रालीका अध्यक्ष बिशाल राज महतले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाद्धारा बाटो इजाजत पत्र नदिनु भनि हेटौँडास्थीत यातायात कार्यालयलाई परिपत्र गरे पनि अझै यातायात कार्यालय हेटौँडाले गुपचुपमा थुप्रै अटोहरुलाई गुपचुपमा बाटो इजाजत पत्र दिइरहेको भन्दै सो कदमको बिरोध गरिएको बताउनुभयो । यस्तो स्थीति किन र कसरी सिर्जना भयो भन्दै उहाँले त्यससम्बन्धमा हेटौँडा उपमहानगरपालिकाले तत्काल छानविन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले हेटौँडा उपमहानगरपालिकाले तत्काल बाटो इजाजत पत्र दिई अटो ब्यबशायीहरुकोसमेत अभिभावकत्व लिन आग्रह गर्नुभयो ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा प्रदेश नं तीन यातायात प्रालीका सचिब लक्ष्मण, कोषाध्यक्ष सुवास थिङ, सदस्य ध्रुबराज शर्मा, दिपक श्रेष्ठ, गुणराज न्यौपानेलगायतको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*