बागमती प्रदेश सभा बैठक साउन ५ गते बस्ने

बकैया दर्पण संवाददाता
२ श्रावण २०७९, सोमबार ११:३७

मकवानपुर । बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बिहीबार बस्ने भएको छ । प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । यसअघि असार २९ गते बसेको प्रदेश सभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*