कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा १३ जनालाई सफाई

बकैया दर्पण संवाददाता
२ श्रावण २०७९, सोमबार १०:४६

मकवानपुर । उच्च अदालत पाटन हेटौँडा इजलासले कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी १३ जनालाई आइतबार सफाइ दिएको छ । प्रतिवादी १३ जना आरोपीहरुको तर्फबाट बहस गरिरहेका अधिवक्ता केशव गौतमका अनुसार न्यायाधीशहरु चण्डिराज ढकाल र मेरिना श्रेष्ठको संयुक्त इजलासले आरोपी गोरखा जिल्लाको फुजेल निवासी १३ जनालाई सफाई दिएको हो ।

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको भन्दै अधिकारीका पिता नन्दप्रसाद अधिकारी र दाजु नुरप्रसाद अधिकारीले जिल्ला अदालत चितवनमा गोरखा फुजेलका १३ जना गाउँलेहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए । चितवन अदालतले सो मुद्दाका प्रतिवादी १३ जनालाई नै सफाई दिएको थियो । जिल्ला अदालत चितवनको फैसला विरुद्धमा कृष्णप्रसाद अधिकारीका पिता नन्दप्रसाद र दाजु नुरप्रसादले उच्च अदालत पाटन हेटौँडा इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।

सो मुद्दामा अधिवक्ताहरू रमण श्रेष्ठ, चण्डीराज श्रेष्ठ, दीनमणि पोखरेल, मुक्ति प्रधान र केशव गौतमले बहस गरेका थिए । कृष्णप्रसाद अधिकारीको २०६१ साल जेठमा अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएकोे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*