रोटरी क्लब अफ मकवानपुरको अध्यक्षमा कार्की

बकैया दर्पण संवाददाता
१ श्रावण २०७९, आईतवार १०:४४

मकवानपुर । रोटरी क्लब अफ मकवानपुर अध्यक्ष कृष्णबहादुर कार्की चयन हुनु भएको छ । रोटरीको आठौं पदस्थापन कार्यक्रमबाट उहाँलाई संस्थाका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले चेन हस्तान्तरण गर्दै एकवर्षे कार्यकालका लागि अध्यक्षमा पदास्थापित गर्नुभएको हो ।
अध्यक्षमा पदास्थपित भएसँगै कार्कीले विभिन्न पदमा समेत मनोनित गर्नुभएको छ । उपाध्यक्षमा अञ्जनीकुमार पराजुली, सचिव विजयकुमार श्रेष्ठ, कोषाध्यक्ष हरिकुमार शर्मा, प्रेसिडेन्ट इलेक्ट शुक्रराज जोशी र प्रेसिडेन्ट नोमिनीमा विष्णगोपाल महर्जनलाई मनोनित गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*