उच्च अदालत पाटन हेटौंडाले ग¥यो लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

बकैया दर्पण संवाददाता
३१ असार २०७९, शुक्रबार १६:०५

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्यभन्दा बढी मुद्दा फछर्यौट गरेको छ । आव २०७८/०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १ सय ९४ रहेका र फछर्यौट १ हजार २ सय ८४ भएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताउनुभयो ।
शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले नयाँ दर्ता अनुमान १ हजार १ सय ४९ रहेको र लक्ष्य पुग्न बाकीँ ९० थान रहेको बताउनुभयो । उहाँले अंग नपुगेका मुद्दाहरु फछर्यौट गर्न नसकिएको बताउदैं गोलाप्रथा माघ २ गतेबाट सुरु गरि कुन मुद्दा कसले हर्ने भन्ने सहज भएर आफु लक्ष्यमा पुग्न सफल भएको भन्दै उहाँले यो क्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायधिश अब्दुल अजिज मुसलमानले जुनसुकै बेलामा मुद्दाको विषयमा प्रवक्ता सँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको बताउनुभयो । उहाँले गोलाप्रथा लागु भएपछि न्यायधिश १० बजे आउने र ११ बजेनै बेन्च बस्ने गर्ने गरेको बताउदै सोही कारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा न्यायधिश मेरिना श्रेष्ठ, निर्मला शाक्य, रजिष्ट्रार भट्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम लगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
आव २०७६/०७७मा लगत १ हजार ७२ र फछर्यौट ६सय ६४ रहेको थियो भने बाकी ४ सय ८ थान मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७/०७८ मा लगत १ हजार ४ सय ४५ र फछर्यौट ८ सय २६ हुनका साथै ६ सय १९ थान बाकीँ मुद्दा रहेको रजिष्ट्रार भट्टले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*