हेटौंडामा जन गायक शर्माको प्रस्तुती

बकैया दर्पण संवाददाता
३० असार २०७९, बिहीबार ११:३३

मकवानपुर । हेटौंडामा जनवादी गायक जीवन शर्माले एकल साँझ कार्यक्रम मार्फत आफ्नो प्रस्तुती दिएका छन् । गायतक शर्माले प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा आफ्नो प्रस्तुती दिनुभएको हो।

लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माले हेटौंडामा पहिलो पटक एकल गायन प्रस्तुती दिनुभएको हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतहरूमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत रुपमा लागि रहेका शर्माका हालसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड भएका छन् ।
शर्माले ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’, झरनाको चिसो पानी, चाहिँदैन मलाई सिसाको महल लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख अतिथ्यतामा भएको हो ।

प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष मधुसुदन गिरी, संघका केन्द्रीय मसान उपासक, प्रदेश सभा सदस्य मुनु सिग्देल, माधवप्रसाद पौडेल, पार्वती सिलवाल, विना ज्ञवाली, बिभिन्न दलहरुका केन्द्रिय तथा जिल्ला तहका नेताकार्यकर्ता लगायत मकवानपुरका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*