जनवादी गायक शर्माको हेटौंडामा एकल प्रस्तुति हुँदै

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार ११:४४

मकवानपुर । जनवादी गायक जीवन शर्माको एकल साँझ कार्यक्रम भोलि असार २९ गते बुधबार हेटौँडामा आयोजना हुँदैछ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा रोयल पार्टी प्यालेस, हेटौँडा ४ मा अपरान्ह ४:०० बजे उहाँका गीति प्रस्तुतिहरू प्रत्यक्ष रूपमा हेर्न र सुन्न पाइनेछ ।

चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आउनुभएका जीवन शर्माको यो हेटौँडामै पहिलो एकल गायन प्रस्तुति हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतहरूमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन तत्पर रहनुभएका शर्माका हालसम्म दुई हजारभन्दा बढी गीत रेकर्ड छन् । शर्माका “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको”, “झरनाको चिसो पानी”, “चाहिँदैन मलाई सिसाको महल” लगायत अनेकौं गीतहरू चिरपरिचित छन् ।

कार्यक्रममा प्रवेशका लागि एक सय (विद्यार्थीका लागि), तीन सय र पाँच सय दरका टिकटहरूको व्यवस्था गरिएको प्रगतिशील लेखक सङ्घ मकवानपुरका सचिव चिरञ्जीवी लामिछानेले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*