राप्रपा मकवानपुरले असार ३१ गते हेटौंडा उपमहानगपालिकामा धर्ना दिने

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १०:०१

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपहानगरपालिका कार्यालयमा धर्ना दिने भएको छ । राप्रपा मकवानपुरले रोखेको विभिन्न मागहरु कार्यान्वयन गराउन दबाब स्वरुप असार ३१ गते शान्तिपूर्ण धर्ना दिने भएको जनाएको छ ।

राप्रपा मकवानपुरले यसअघि हेटौंडा उपमहानगरपालिकालाई बुझाएको ६ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा हेटौंडा–४ मा रहेको विरेन्द्र बीरविक्रम शाहको शालिक मर्मत सम्भार तथा बाटिका ब्यवस्थापन गरी सार्वसाधरणको लागि खुल्ला गरिनुपर्ने, हुप्राचौरमा बन्ने ब्यवसायीक भवन ठेक्का सम्झौताको भवन हेटौंडा अस्पतालमा निर्माण गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने, हेटौंडा अस्पताललाई ५ सय शैयाको बनाउनु पर्ने, महिला पुरुषमा हुने विभिन्न प्रकारको क्यान्सर जन्य रोगको निःशुल्क परिक्षण गरिनुपर्ने लगायतका माग राखेका थिए ।

यस मागलाई हेटौंडा उपमहानगरले नजरअन्दाज गरे कडा आन्दोलन गर्ने राप्रपा मकवानपुरले चेतावनी दिएको थियो । उक्त मागलाई उपमहानगरले बेवास्ता गरेको कारण कार्यान्वयन गराउन धर्ना कार्यक्रमको आयोजना गर्न लागेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*