आइजिपी प्रकरणमा सुनुवाइ हुँदै

आजै फैसला आउन सक्ने
बकैया दर्पण संवाददाता
२७ असार २०७९, सोमबार १२:०५

मकवानपुर । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। १९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियो । रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन् ।
आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन सक्ने सम्भावना छ । आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*