झरनाकाे २७९ औँ साहित्य शृङ्खला सम्मन्न

बकैया दर्पण संवाददाता
२६ असार २०७९, आईतवार १३:४६

मकवानपुर । मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शङ्खला लाेक छन्द कार्यशाला सञ्चालन गर्दै सम्पन्न भएको छ ।

बकैया गाउपालिकाभित्र रहेका १२ वटा मावि/आविहरूका ६० जना भन्दा बढी बालबालिकाहरुलाई लाेक छन्द लेखनकाे प्रशिक्षण गरिएकाे संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयाे ।

प्रशिक्षककाे रुपमा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गाैतम र उपाध्यक्ष विश्वनाथ सञ्जेल रहनुभएकाे थियाे ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रमुख अतिथिको रुपमा आफ्नाे मन्तव्य राख्नुहुदै बकैया गाउपालिकाले कला, साहित्य र संस्कृतिको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताउँदै “झरना-बकैया वाङ्मय प्रतिष्ठान” लाई पालिकाकै अङ्गका रुपमा विकास गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धब सापकाेटा, झरनाका सल्लाहकार जनार्दन खनाल, सीता खनाल, कृष्णप्रसाद घिमिरे,चिरञ्जीवी लामिछाने, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाल, हरिप्रसाद घिमिरेलगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमकाे सभाध्यक्षता संस्थाका अध्यक्ष दीपक गाैतमले गर्नुभएको थियाे भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*