‘महालक्ष्मी साहित्य पुरस्कार–२०७८’ बाट श्रवण मुकारुङ सम्मानित

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार १४:१०

हेटौंडामा साहित्यकार श्रवण मुकारुङलाई सम्मान गरिएको छ । महालक्ष्मी विकास बैंकसँगको सहकार्यमा मातृभूमि साहित्य समाजले ‘महालक्ष्मी साहित्य पुरस्कार–२०७८’ बाट मुकारुङलाई सम्मान गरेको हो । १९ औं महालक्ष्मी पुरस्कारबाट नगद ५१ हजारसहित मुकारुङ सम्मानित हुनुभएको हो ।
यसैगरी, केशवलाल स्मृति पत्रकारिता पुरस्कार राममणि दाहाललाई प्रदान गरिएको छ । दाहाललाई नगद ७ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको हो । चितवनका साहित्यकार केशव राज विनोदीको प्रमुख आतिथ्य तथा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाका प्रवन्धक शम्भु पराजुली, विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*