बकैयामा ८१ करोडको बजेट सार्वजनिक (पूर्ण बजेटसहित)

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १४:३४

मकवानपुर । बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८१ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रकार गाउँसभाको ८ औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा उपाध्यक्ष भक्तबहादुर खत्रीले बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो ।
नेपाल सरकारबाट शशर्त अनुदानतर्फ प्राप्त रु २८ करोड ९२ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ रु ३ करोड १२ लाख ४६ हजार रकम गरी जम्मा रु ३२ करोड ४ लाख ४६ हजार रकम प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आफ्ना मातहतका सबै राष्ट्रसेवक कर्माचारीको १५ प्रतिशत तलब बृद्धि गरेको छ भने जनप्रतिनिधि र कर्मचारीहरुको लागि १० लाखसम्मको सामूहिक दुर्घटना बीमा र १ लाखको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम गाउँपालिकाले व्यहोर्ने जनाएको छ ।

आव २०७९।८० को बजेट वक्तव्य २०७९।०३।२४ गते

यस्तै वडागत तथा कार्यपालिका सदस्यहरुका लागि ९ करोड ९० लाख बजेट छुट्याइएको छ । यसैगरी जग्गा नापको लागि १ करोड ७० लाख रकम बिनियोजन गरिएको छ । यस्तै कृषि क्षेत्रका लागि १ करोड ३० लाख, शिक्षा र पशुका लागि ३/३ करोड, स्वास्थ्य क्षेत्रका लागि १ करोड २५ लाख रकम बिनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*