हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १०:११

मकवानपुर । मकवानपुरको हेटौंडामा कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार नेपाली लेखक संघ मकवानपुरको आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गर्नुभएको थियो । पोखरामा जन्मनुभएका कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित नाम हो । उहाँले कविता मात्रै नभई गीत, गजल र मुक्तक क्षेत्रमा पनि कलम चलाउनुभएको छ । मकवानपुरमा साहित्य कार्यक्रमहरुलाई थप चलायमान गर्न कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम गरिएको नेपाली लेखक संघका अध्यक्ष छवि अनित्यले जानकारी दिनुभयो । कवि श्रेष्ठले लेखेको चर्चित कविता आमा नेपथ्यका अमृत गुरुङले गाउनुभएको छ ।
कार्यक्रममा कवि श्रेष्ठले आमा, हिउँमा लेखिएका नामहरु, लाहुरे फूल, म तिम्रो नाम फेर्न चाहान्छु लगायतका दर्जनौं कविताहरु प्रस्तुत गर्नुभएको थियो । कवि तीर्थ श्रेष्ठको पछिल्लो चर्चित कविता संग्रह धर्सैधर्साको चक्रव्यूह नेपाली साहित्यको सर्वाधिक प्रसिद्ध पुरस्कार मदन पुरस्कारका लागि गुठीले २०७६ मा मनोनयन गरेको थियो ।
कार्यक्रममा मकवानपुर अग्रज स्रष्टा तुल्सी थापा, निमेष निखिल, अनिता न्यौपानेलगायत मकवानपुरका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*