तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुन: लामा चयन

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार १०:०६

मकवानपुर । तामाङ प्राज्ञ सभाको अध्यक्षमा पुनः श्यामप्रसाद लामा चयन हुनुभएको छ । सभाको शनिबार हेटौंडामा भएको १५ औं साधारणसभा एवम् तेस्रो राष्ट्रिय अधिवेशनबाट लामाको संयोजकत्वमा २१ सदस्यीकय कार्यसमिति चयन भएको हो ।
यस्तै, सभाको उपाध्यक्षमा सन्तोष कुमार लामा, महासचिवमा डा. धनबहादुर मोक्तान, सचिवमा सरस्वाती लामा र कोषाध्यक्षमा कुमारी वाईबा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा क्रमशः अक्कल सिं ब्लोन, प्रेमबहादुर बम्जन, ज्ञानबहादुर लामा, सुरेन्द्र योञ्जन, अमार लामा, निसा लामा, पुर्ण ब्लोन, मन लामा, निर्माला ब्लोन, तारा लाल घिसिङ रहनुभएको छ ।
बाँकी सदस्यहरु भने पछि मनोनित गर्ने अध्यक्ष लामाले बताउनुभयो । कार्यक्रममा माइती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा, हिमरायटस मकवानपुरका कार्यक्रम संयोजक कुमारी वाईबा, समाजसेवी चतुर्मान लामा, डा। गनेस लामा बल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा तामाङ प्राज्ञ सभाका सस्थपक सदस्य तथा पुर्व अध्यक्ष डा. गनेश लामा बललाई सम्मान गरिएको थियो । उनलाई विभिन्न क्षेत्रबाट लामो समयदेखि संस्थलाई योगदान पुर्याएको भन्दै सम्मान गरेको अध्यक्ष लामाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*